हत्केला चिलाउँदा पैसा आउँछ, के यो साँचो हो ? यस्ता छन् कारण



काठमाडौँ : हत्केला शरिरको सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो । त्यसैले हत्केला चिलायो भने यसले हाम्रो दैनिक गतिविधिलाई नै प्रभावित पार्छ । हत्केला चिलाउने समस्यालाई पैसा प्राप्त गर्ने वा गुम्ने परम्परागत मान्यतायसँग पनि जोडिएको पाइन्छ । हत्केला चिलाउनुको पैसासँग कुनै सम्बन्ध छैन ।  हत्केला चिलाउनु रोग नभए पनि विभिन्न तत्वहको परिणाम हो वा रोगको संकेत हो ।

छालाको कोषहरु तीब्र बृद्धि भएमा र छालाको सतहमा जम्मा भए पनि हत्केला चिलाउँछ । झिंगाको संक्रममणले पनि यस्तो समस्या ल्याउँछ । झिंगा हत्केलाको माथिल्लो सतहमा बस्दा यो समस्या आउँछ । विशेष गरी बालबालिका र बृद्धबृद्धा यस्तो संक्रमणबाट प्रभावित हुन्छन् । मधुमेह र छालाको समस्या पनि एक अर्कासँग सम्बन्धित हुन्छन् । तसर्थ अत्यधिक हत्केला चिलाउनु मधुमेहको पनि संकेत हो ।

हत्केला चिलाउनुको यस्तो छ कारण

प्राइमेरी बिलियरी सिरहोसिस : कलेजोसँग सम्बन्धित समस्याले पनि हत्केला चिलाउन सक्छ । कलेजोमा गम्भीर समस्या नआउँदै हत्केला र खुट्टाको पैतला चिलाउँछ । कहिले अकस्मात चिलाउँछ भने कहिले दिन वा रातमा मात्र चिलाउँछ । रगत प्रवाह गर्ने प्रणालीमा र विशेष गरी लिभरमा एसिड उत्पन्न (बाइल एसिड) हुँदा हात हत्केला चिलाउँछ ।

खानेकुराको एलर्जी : खानेकुराको एलर्जीले पनि हत्केला चिलाउँछ । कसैकसैलाई कुनै खानाले एलर्जी गरिहाल्छ र त्यसको असर हत्केलामा देखिन्छ ।

कार्पल टनेल सिन्ड्रोम : नाडीको हड्डीको नसारुमा भएको चोटपछि हात र औलामा हुने पीडाले पनि हत्केला चिलाउँछ । शरिरमा मध्यम खालको नसा दबिएमा कार्पेल टनेल सिन्ड्रोम हुन्छ । अध्यधिक लेख्दा, टाइप गर्दा तथा हात र औलाहरुको बढी प्र्रयोग हुदा यस्तो अवस्था आउँछ ।  असन्तुलित तरिकाले हत्केला चिलाउनु कार्पल टनेल सिन्ड्रोमको संकेत हो ।

छालाको समस्या : छालाको समस्याले पनि हत्केला चिलाउँछ । छालासमबन्धि यो रोग लाग्दा औलाहमा प्रभाव पार्छ । गर्मी र जाँडो मौसममा यसले प्रभाव पार्छ। अधिकांश इसेज्माको उचित उपचार छैन ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: