सुडानका सैन्य काउन्सिल प्रमुखद्वारा राजीनामा घोषणा



एजेन्सी : अफ्रिकी मुलुक सुडानका रक्षामन्त्री तथा सैन्य काउन्सिलका प्रमुखले राजीनामा घोषणा गरेका छन् । कर्फ्युको समेत बेवास्ता गरेर प्रदर्शन तिब्र भएपछि सैन्य काउन्सिलका प्रमुख रक्षा मन्त्री अवाद इब्न अउफ राष्ट्रिय टेलिभिजन मार्फत सम्बोधन गर्दै आफु पछि हटेको बताएका हुन् ।

शासन हातमा लिएको एक दिनपछि नै उनले पद छाडेको घोषणा गरेका हुन् । उनी सैन्य कू पछि सैन्य काउन्सिलको प्रमुख बनेका थिए । उनले आफ्ना उत्तराधिकारीको रुपमा लेफ्टिनेन्ट जनलर अब्देल फतह अब्देल्रहमान बुर्हानलाई रोजेका छन् ।

सेनाले दुई वर्षसम्म देशको शासन सत्ता आफ्नो हातमा रहने र त्यो अवधिमा चुनाव गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएको छ ।

सैन्य काउन्सिलले तीन दशकदेखि सत्तामा रहेका राष्ट्रपति ओमर अल बसिरलाई पक्राउ गरेर बिहीबारदेखि सत्ता आफ्नो हातमा लिएको थियो । तर सैन्य कु मा सग्लन नेता अवाद राष्ट्रपति ओमरसँग नजिक रहेको भन्दै प्रदर्शन जारी भएको थियो ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: