साफ महिला च्याम्पियनसिपको उद्घाटन आज, पहिलो खेलमा नेपाल र भुटान भिड्दै



काठमाडौं : नेपाल पहिलो पटक घरेलु मैदानमा साफ च्याम्पियन बन्ने लक्ष्यकासाथ आज मैदानमा उत्रदै छ। नेपाल र भुटानबीचको खेलबाट प्रतियोगिता आजदेखि सुरू हुँदैछ । नेपाल र भुटानबीचको उदघाटन खेल दिउसो तीन बजे विराटनगरस्थित सहिद रंगशालामा हुनेछ ।

प्रतियोगिताको उद्घाटन आज पुर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ । खेल अगाडि नेपाली टिमका प्रमुख प्रशिक्षक हरि खड्काले साफ च्याम्पियन बन्ने टिम बनाएको र यो पटक उपाधि उचाल्नेमा विश्वस्त रहेको बताएका छन् ।

पुर्वको शहर विराटनगरमा छ दक्षिण एसियाली राष्ट्र उपाधिको लागि आजदेखि भिडनेछन। च्याम्पियनसिपमा ६ राष्ट्र सहभागी छन् । ग्रुप ए मा नेपाल सहित बंगलादेश र भुटान तथा ग्रुप बी मा लगातार चार पटकको विजेता भारतसँगै श्रीलंका र माल्दिभ्स रहेका छन् । राष्ट्रिय महिला टिमको पहिलो प्रतियोगिता नेपालमा हुन लागेको यो पहिलो पटक हो ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: