साफ च्याम्पियनसीप : आज भारत र माल्दिभ्स भिड्दै



काठमाडौं : साफ च्याम्पियनसीप फुटलबको दोस्रो खेलमा आज भारत र माल्दिभ्स भिड्दै छन् । समूह बी मा रहेका दुई टोलीविचको खेल विराटनगरको सहिद रंगशालामा खेल दिउँसो तीन बजे सुरु हुनेछ । दुबै टिम पहिलो खेलमा जित निकाल्दै सेमिफाइनल यात्रा सहज बनाउने प्रयत्नमा हुनेछन् ।

साफका पछिल्ला ४ संस्करणमा भारतीय टिम अपराजित रहेको छ । उसले लगातार १९ खेलमा पराजय भोगेको छैन । मंगलबार भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३-० गोल अन्तरले हराएको थियो ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: