सरकारले दूरसञ्चार कम्पनीबाट उठाउनुपर्ने बक्यौता अर्बौं, एनसेलको मात्र ७२ अर्ब ५८ करोड



काठमाडौं : आइतबार बसेको संसदको अर्थ समितिको बैठकमा अर्थ मन्त्रालयले दूरसञ्चार सेवा प्रदायकहरुबाट उठाउनुपर्ने बक्यौता रकमको जानकारी दिएको छ । बक्यौता रकम उठाउनु पर्नेमा एनसेलको मात्र ७२ अर्ब ५८ करोड ३१ लाख रुपैयाँ रहेको जनाइएको छ ।

बैठकमा तथ्यांक प्रस्तुत गर्दै राजस्व सचिव लालशंकर धिमिरेले मूल्य अभिवृद्धि कर, आयकर तथा गैरकर गरी  कुल ७२ अर्ब ६२ करोड ६९ लाख बक्यौता असुल्न बाकी रहेको बताएका छन् । उनले भने, ‘सरकार बक्यौता असुल्न प्रतिबद्ध छ ।’ कुल बक्यौतामध्ये एनसेल सम्बन्धि बक्यौता (टेलिया र निरज गोबिन्दका) मात्रै ७२ अर्ब ५८ करोड ३१ लाख छ भने बाकी कम्पनीको चार करोड ३८ लाख रुपैयाँ रहेको मन्त्रालयले जानकारी दिएका छन् ।  अर्थ मन्त्री युवराज खतिवडाले एनसेलको पूँजीगत लाभकर कति उठाउने भन्ने विषयमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ पर्खिरहेको बताए ।

उनले भने, ‘खासगरी पूँजीगत लाभकरका लागि पुर्णपाठ नै कुर्नु पर्ने अवस्था छ । दायित्व को बाट सरेको हो ? कोबाट असुल्नुपर्ने हो? यकिन हुन बाकी छ।’ दायित्व सिर्जना गर्ने संस्थाले तिर्नुपर्ने व्यवस्था रहेको उनले बताए।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: