सरकारले आजबाट विद्यार्थी भर्ना अभियान सुरु गर्दै



काठमाडौं : सरकारले आजबाट विद्यार्थी भर्ना अभियान सुरु गर्दैछ । हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पु¥याऔँ नाराका साथ शिक्षा मन्त्रालयले अभियान सुरु गर्न लागेको हो ।

देशका ७ सय ५३ वटै स्थानीय तहमा घरदैलो अभियान गरेर पढ्ने उमेर भएका तर विद्यालय बाहिर रहेका बालबालिकालाई स्कुल भर्नाका लागि आह्वान गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार यस वर्ष ९१ हजार बालबालिका विद्यालय बाहिर छन् ।

बैशाख १४ गतेसम्म चल्ने अभियानमा संस्थागत र सामुदायिक दुबैतर्फ करीब १० लाख विद्यार्थी विद्यालयमा भर्ना हुने मन्त्रालयको अपेक्षा छ । विद्यालय जान सक्ने उमेर समूहका बालबालिकालाई विद्यालय भर्ना गराउने उद्देश्यका साथ हरेक वर्ष भर्ना अभियान सञ्चालन गर्दै आइएको छ ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: