सरकारको प्रतिबन्ध केपी–बादल कम्पनीको कुकर्म : विप्लव



काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सरकारले लगाएको प्रतिबन्ध नयाँ नभएको जवाफ दिएको छ । पार्टीका महासचिव चन्दले बुधवार राति एक विज्ञप्ती जारी गर्दै सरकारको प्रतिबन्धलाई केपी–बादल कम्पनीको कुकर्म भनेका छन् ।

उनले एमाले, कांग्रेस र भारतसँग पुष्पकमल दाहालहरुले टाउको लतारेर कम्युनिष्टप्रति गद्दारी गरेपछि उनीहरुविरुद्ध विद्रोहको झण्डा उठाउनुपरेको दाबी गरेका छन् । उनले २०७२ सालको प्रतिगामी संविधान अस्वीकार गरेदेखि नै आफ्नो पार्टीमाथि २०७२ सालदेखि नै अघोषित प्रतिबन्ध लागिसकेको उल्ललेख गरेका छन् ।

उनले विज्ञप्तीमा एनसेल, अरुण ३ माथि गरेको आक्रमणलाई स्वीकार गरेका छन् । यसैबीच विप्लवसमुहले आज आह्वान गरेको बन्दका कारण आम मानिसमा त्रास देखिएको छ । जसका कारणले अधिकांश निजी विद्यालयहरुले आज विद्यार्थीहरुलाई छुट्टी दिएका छन् ।

राजधानीबाट बाहिर जाने बसहरुले आज विहानका लागि टिकट बिक्रि गरेका छैनन् । बन्दको पूर्वसन्ध्यामा सिंहदरबार छेऊ अनामनगरमा शंकास्पद वस्तु भेटिएको थियो ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: