समायोजन विधेयकको विरोधमा सरकारी चिकित्सकहरू आज सामूहिक विदामा बस्दै



काठमाडौं : सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकको विरोधमा आन्दोलनरत सरकारी चिकित्सकहरू आज सामूहिक विदामा बस्ने भएका छन् । आफूहरुको माग सम्बोधन नगरेको भन्दै देशभरका चिकित्सकहरूले विधेयक सच्याउन सरकारलाई दबाब दिँदै एक हप्ते आन्दोलनको कार्यक्रम घोषणा गरेका उनीहरू आज सामूहिक विदामा बस्न लागेका हुन् ।

सरकारी चिकित्सक संघ, नेपाल (गोदान)ले विधेयक सच्याउन सरकारलाई बाध्य पार्ने भन्दै एक हप्ते सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । घोषित कार्यक्रमअनुसार राजीनामाका लागि संकलित हस्ताक्षर सरकारलाई बुझाउन उनीहरू शुक्रबार काठमाडौंमा भेला हुदैंछन् ।

यति गर्दा पनि आफूहरुको माग सरकारले सम्बोधन नगरे सबै अस्पतालको सेवा बहिस्कार गरी ‘अवज्ञा आन्दोलन’ सुरु गर्ने उनीहरूको चेतावनी छ ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: