संजोग र वर्षा राउतले गरे इन्गेजमेन्ट



काठमाडौं : ‘भ्यालेन्टाइन डे’ अर्थात फागुन २ गते विवाहको मिति जुराएका प्रेम जोडी अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले इन्गेज्मेन्ट गरेका छन् । ७ वर्ष लामो प्रेम सम्बन्धमा रहेका उनीहरुले सोमबार राजधानीको एक पार्टी प्यालेसमा इन्गेजमेन्ट गरेका हुन् । उनीहरुले दुबै परिवारको उपस्थितिमा एकअर्कालाई औंठी लगाए ।

इन्गेजमेन्टको तस्विर सार्वजनिक गर्दै वर्षा र संजोगले आ-आफ्नो आधिकारिक फेसबुकमा एउटै प्रेमिल वाक्य लेखेका छन्, ‘हरेक कहानी निकै सुन्दर हुन्छ तर हाम्रो उत्कृष्ट छ ।’ उनीहरुले आफूहरुको संयूक्त नाम समेत जुराएका छन् । दुईले संयूक्त नाम ‘सन्सा’ राखेका छन् ।

 

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: