वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन सरकार प्रतिबद्ध : मन्त्री विष्ट



काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन सरकारले पर्याप्त सुधारको कामलाई अघि बढाएको दावी गरेका छन् ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा बोल्दै उनले युवा जनशक्तिलाई विदेश पलायन हुन नपर्ने गरी सरकार देश भित्रै रोजगारीको अवसर सृजना गर्न लागि परेको पनि बताए ।

मन्त्री विष्टले युवाहरुलाई मुलुक भित्रै काम गर्ने वातावरण बनाउन सरकारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक तोक्ने काम गरेको पनि स्पष्ट पारे ।

मन्त्री विष्टले मुलुक भित्रै रोजगारीको अवसर सृजना हुने गरी दक्ष जनशक्ति उत्पादनको कामलाई पनि सरकारले व्यवस्थित ढंगले अघि बढाउने आश्वासन दिए ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: