विरामी हुनुहन्छ अब अस्पताल जान पर्दैन, डाक्टर नै घर आउछन्



काठमाडौं : मानिस बृद्ध भइपछि हिँडडुल गर्न गाह्रो हुन्छ नै । घरमा भित्रवाहिर गर्न पनि मुस्किल पर्छ । अझ हरेक हप्ताको दुई दिन औषधिउपचार गराउन अस्पताल धाउनुपर्ने हुन्छ । यी बिरामीलाई अस्पताल आउजाउ गर्दाको सास्ती, लिएर जाने व्यक्तिको समय र आउँदाजाँदा लाग्ने खर्चको मूल्य हिसाब गरौँ त ! बिरामीलाई असुविधा त छँदैछ, स्वास्थ्यमा समेत जोखिम छ ।

तर तपाईँ काठमाण्डौमा हुनुहुन्छ भने अब यसरी सास्ती खेप्दै विरामी आमाबाबु लिएर अस्पताल धाइरहनु पर्दैन । एक कल फोन गर्नुस् बस् । अनि डाक्टर या नर्स तपाईको घरमै आइपुग्छन् । बिरामीको घरघरमै स्वास्थ्य सुविधा पु¥याउने काममा तल्लीन छ पुरानो बानेश्वरमा रहेको हेल्थ एट होम । bishal dhakalको लागि तस्बिर परिणाम

अस्पतालको जस्तै उपचारको सेवा बिरामीलाई घरघरमै गएर दिने उद्देश्यले हेल्थ एक होमको स्थापना गरेको बताउँछन् यसका संस्थापक डा. बिशाल ढकाल । पाकिस्तानमा सर्जरी पढिरहेका डा. विशाल स्वदेश फर्किएपछि के गर्ने भनेर योजना बनाएरहेका थिए । एक दिन उनले बुढेसकालमा सकीनसकी अस्पताल धाइरहेका बिरामीहरुको दृश्य सम्झिए । अनि देखे, बिरामी अस्पताल जाने होइन, डाक्टर र नर्सहरु नै बिरामीका घरघरमा गएर उपचार सेवा दिने अस्पतालको सपना । डा. ढकालको दिमागमा त्यसबेला रोपिएको त्यही सपनाको साकार रुप हो अहिलेको हेल्थ एट होम ।

शुरुका दिनहरुमा हेल्थ एट होमको सेवा त्यत्ति चलेको थिएन । आफ्नो सपनाको मलजल गर्दै सात वर्ष बिताउँदा डा. बिशालले अहिले यसलाई एक सय भन्दा बढी डाक्टर र नर्सहरुको साझा चौतारी बनाइसकेका छन् । ती डाक्टर र नर्सहरु बिरामीको आवश्यकता अनुसार उपचार सेवा दिन घरघरमा पुग्छन् । तीन जना डाक्टर त उनीकहाँ चौबीसै घण्टा खटिइरहेका छन् । अ‍ेल्थ एट होमबाट नियमति स्वास्थ्य सेवा लिने बिरामीको संख्या दुई सय नाघिसकेको छ ।

हेल्थ एट होमले बिरामीको उपचार गर्ने डाक्टर र नर्सहरु मात्र घरघरमा पठाउँदैन, ल्याब सेवा, फिजियोथेरापी र एल्डरली केयर अर्थात् बुढेसकालमा चाहिने हेरचाह पनि थलोमै पुगेर दिदै आएको छ । यस्ता सेवा दिएवापत् होमले बिरामीबाट एक हजार पाँच सय रुपैयाँदेखि माथि शुल्क लिने गरेको छ । यो शुल्क बिरामीहरुले अस्पताल धाएर तिर्नेपर्ने भन्दा बढी नभएको यसका सञ्चालक डा. विशाल बताउँछन् ।

पुरानो बानेश्वरको पुरानो घरको एउटा कोठाबाट शुरु भएको हेल्थ एट होमको सेवा विस्तार भएर अहिले नयाँ बानेश्वर र बाँसबारीका शाखाहरुबाट समेत चालू छ । डा. बिशाल ढकालले होममा आएका फोनहरु उठाउने कर्मचारीका रुपमा अपाङ्गता भएका दुई महिलालाई नियुक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: