विधान अनुमोदन गर्न नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक जारी



काठमाडौं : महासमिति बैठकबाट पारित भएको विधान संशोधनसहित अनुमोदनका लागि कांग्रेस केन्द्रीय समितिको बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा केन्द्रीय पदाधिकारी र पार्टी महाधिवेशनका लागि सिधै प्रतिनिधि छनोट हुने कि नहुने विषयमा सहमतिको प्रयास भइरहेको छ ।

गत बुधबार र बिहीबार बसेको केन्द्रिय समिति बैठकमा प्रतिनिधि छनौटको विषयमा केन्द्रीय सदस्यहरु विच मत विभाजित भएपछि कुनै निर्णय हुन सकेको थिएन । महासमिति बैठकमा शिर्ष नेताले केन्द्रीय पदाधिकारी र सदस्य महाधिवेशनका लागि तल्लो तहवाटै निर्वाचित भएर आउने ब्यवस्था गर्ने प्रतिबद्धता जनाएका थिए ।

तर केन्द्रीय समिति बैठकमा सदस्यहरुविच मत बाझिएको छ । बैठकमा पार्टीको विधानसहित महासमितिबाट पारित भएका सांगठनिक र आर्थिक प्रतिवेदनबारे समेत छलफल हुनेछ ।

यसैगरि बैठकले नेविसंघको कार्यसमितिबारे समेत निर्णय गर्ने बताइएको छ । नेविसंघमा ३२ वर्षे उमेर हद लागू गरी तदर्थ समिति बनाउन लागिएको छ । संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तर्दथ समितिमा जोड दिएपछि वर्तमान कार्य समिति भंग हुन लागेको हो ।

कृष्ण प्रसाद सिटौला समूह भने यही कार्यसमितिलाई केही महिना थप गरी १२औं महाधिवेशन गर्न दिनुपर्ने पक्षमा छ । दुई पटक गरी पाँच महिना बढी समय थपिए पनि महाधिवेशन गर्न वर्तमान कार्यसमितिले नसकेपछि पार्टीका दुई समूह भङ्ग गर्ने पक्षमा देखिएका हुन् ।

माघ १० गतेदेखि जारी बैठक सरकार विरोधी मुद्दामा केन्द्रित भएपछि कार्यकाल सकिएको संघका बारेमा छलफल हुन सकेको थिएन।

 

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: