वाइडबडी विमान : ६ महिनामा डेढ अर्ब घाटा (महालेखाको प्रतिवेदनको पूर्णपाठसहित)



काठमाडौं : नेपाल वायु सेवा निगम वाइडबडी बिमानले लक्ष्य उडान भर्न नसक्दा घाटा बेहोर्नु परेको छ । महालेखा परीक्षकको बार्षिक प्रतिवेदनअनुसार सुरुवाती ६ महिनामा मात्र निगमले डेढ अर्ब भन्दा बढी नोक्सानी व्यहोरेको छ ।

विमान खरिद प्रक्रिया सुरु गरेपछि निगमले तयार पारेको योजना अनुसार २०१९ बाट दमाम, सोल, सिड्नी, टोकियो र हङकङमा उडान हुनु पर्ने थियो । तर, अहिलेसम्म वाइडबडीले कुनै पनि ठाउँमा उडान भर्न सकेको छैन । जसका कारण निगमले घाटा बेहोर्नु परेको हो ।

‘गन्तव्य टुंगो लगाई लक्ष्यअनुरुप उडान गर्न नसक्दा २०७५ साउनदेखि पुसम्म ६ महिनामा १ अर्ब ६६ करोड ३१ लाख अनुमानित नोक्सानी हुन गएको छ’ प्रतिवेदनमा भनिएको छ ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: