वसन्तपुरमा चीर ठड्याइएसँगै होली पर्व आजबाट शुरु



काठमाडौं : काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा चीर ठड्याइएसँगै रङको पर्व होली आजबाट शुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याएसँगै होली पर्व शुरु हुने मान्यता रहेको छ । नेपाल पञ्चाङ्ग निर्णयक समितिले चीर ठड्याउनको लागि आज उत्तम साइत रहेको निर्णयसँगै आज चिर ठड्याइएको हो ।

धार्मिक ग्रन्थहरुमा उल्लेख भएअनुसार हिरण्यकश्यपुले भगवान विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा बसाली आगो लगाइदिएका थिए । तर, आगोले विष्णुका भक्त मार्न प्रयास गर्ने होलिका नै भष्म एकी थिइन् । आगोले प्रह्लादलाई कुनै पनि असर नगरेको धार्मिक विश्वास छ ।

यही विश्वासअनुरुप होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ । आपसमा रङ र अबिर दलेर खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, सांस्कृतिक र सामाजिक महत्व छ । यस वर्ष काठमाडौंलगायत पहाडी जिल्लाहरुमा चैत ६ गते बुधबार र तराई मधेसका जिल्लाहरुमा ७ गते बिहीबार होली पर्व परेको छ ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: