वर्तमान नेतृत्वले पार्टी एकलौटी ढङ्गले सञ्चालन गरेको : नेता सिहं



विराटनगर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले वर्तमान नेतृत्वले पार्टी एकलौटी ढङ्गले सञ्चालन गरेको बताएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टीको विधान, नीति र कार्यकर्ताको भावना विपरीत सञ्चालन भएकाले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गरे ।

उनले पार्टी नेतृत्वले आम जनतालाई विश्वासमा लिन नसकेको आरोप लगाउँदै आगामी महाधिवेशनमा उत्कृष्ट समूहबाट पार्टी नेतृत्व चयन गरिने जिकिरसमेत गरे । उनले न्याय परिषद्को सर्वोच्च र उच्च अदालतको न्यायाधीश छनोटमा स्वच्छता र पारदर्शी नभएको आरोप लगाउँदै वरिष्ठलाई पन्छाई गरिएको निर्णय विधि र पक्रिया नमिलेकोप्रति काङ्ग्रेसले विरोध गरेको बताए ।

उनले नेतृत्वले विधान उल्लङ्घन गरेका कारण नै नेविसङ्घ लगायतका भ्रातृ सङ्गठन र शुभेच्छुक सङ्गठनको महाधिवेशन हुन नसकेको आरोप लगाए । नेता सिंहले निजी क्षेत्रलाई विश्वासमा लिई कार्य गराउन सके मात्र मुलुकमा आर्थिक समृद्ध कायम हुने धारणा व्यक्त गरे ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: