राष्ट्रपति भण्डारी र राष्ट्रसंघका महासचिव गुटेरसबीच भेटवार्ता



काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग भेटघाट गरेकी छन् । भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ । मुख्यतः जलवायू परिवर्तन र दिगो विकासमा साना तथा कम विकशित मुुलुकको योगदानबारे राष्ट्रपति भण्डारी र महासचिव गुटेरसबीच छलफल भएको हो ।

त्यस्तै, नेपाल र राष्ट्रसंघबीच जारी सहकार्यका क्षेत्रबारे पनि उनीहरुबीच छलफल भएको बताइएको छ । भेटमा राष्ट्रपति भण्डारीले राष्ट्रसंघीय शान्ति मिशनमा नेपालको सहभागिता तथा यसको प्रभावकारीताबारे जिज्ञासा राखेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघीय आयोग ‘सीएसडब्ल्यू’ को ६३ औँ अधिवेशनमा सहभागी हुन अमेरिकाको न्यूयोर्क पुगेकी राष्ट्रपति भण्डारी र महासचिव गुटेरसबीच भेटवार्ता भएको हो । यसअघि राष्ट्रपति भण्डारीले ‘सीएसडब्ल्यू’ को ६३औं अधिवेशनलाई सम्बोधन गरेकी थिइन् । उनले नारी नेतृत्वले विश्वलाई कसरी परिवर्तन गर्न सक्छ भन्ने विषयमा धारणा राखेकी थिइन् ।

राष्ट्रपतिले समसामयिक विश्वका चुनौतीलाई सामना गर्न नारी नेतृत्वको महत्व र आवश्यकतामा केन्द्रीत रहेर मन्तव्य दिएकी थिइन् । राष्ट्रपति भण्डारी आज पनि विभिन्न कार्यक्रम तथा बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: