राष्ट्रपति भण्डारीद्वारा नयाँ वर्षको शुभकामना व्यक्त



काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राष्ट्रिय सङ्कल्पको रूपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा लक्ष्य प्राप्त गर्न २०७६ साल महत्वका साथ अगाडि बढ्ने विश्वास व्यक्त गरेकी छिन् ।

नयाँ वर्षको अबसरमा शुभकामना सन्देश दिदै उनले ठूलो संघर्षबाट मुलुकले प्राप्त गरेको ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धिमार्फत सुदृढ बनाउन नयाँ वर्षले सबैमा थप ऊर्जा प्रदान गर्ने विश्वास ब्यक्त गरेकी हुन् । नेपाल र नेपालीको दृढ सङ्कल्प साकार तुल्याउने अभियानमा अन्तर्रा्ष्ट्रिय जगतको साथ र सहयोग रहने राष्ट्रपतिको विश्वास छ ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: