राप्रपाको आमसभा आज, मेची-महाकाली यात्र समापन हुँदै



काठमाडौं : कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा आमसभा गर्दैछ । मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापनको क्रममा राप्रपाले भृकुटीमण्डपमा सभा गर्न लागेको हो ।

फागून १५ गते ताप्लेजुङ्गवाट शुरु भएको यात्राको समापन आज काठमाडौंमा र्‍याली सहित सभा गरेर समापन गर्न लागिएको हो । राप्रपाले आफ्ना मागबारे जनतालाई जानकारी दिन र मागका पक्षमा जनमत सिर्जना गर्न मेची–महाकाली यात्रा गरेको हो ।

राप्रपाले हिन्दु राष्ट्र पुनस्स्थापना, संघीयताबारे जनमतसंग्रह, राष्ट्रिय अखण्डताको रक्षा, भष्ट्राचारको अन्त्यको माग गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: