राजपा नेपालको बैठक आज पनि बस्दै



काठमाडौं : पार्टी एकता र महाधिवेशनको मिति तय गर्न राष्ट्रिय जनता पार्टी ‘राजपा’ नेपालको बैठक आजपनि बस्दैछ । पार्टी केन्द्रिय कार्यालय बबरमहल काठमाडौंमा हुने बैठकमा वैशाख पहिलो साताका लागि तय गरिएको महाधिवेशन मिति पछि सार्ने विषयमा निर्णय हुने नेताहरुले बताएका छन् ।

मधेस केन्द्रित छ वटा दलबीच एकता भएको दुई बर्ष वितेपनि राजपाले महाधिवेशन गर्न सकेको छैन । बैठकमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल हुने बताइएको छ ।

बुधबारको राजपा बैठकले सरकारसँग नौ बुँदे माग अघि सार्दै सडक आन्दोलन गर्ने निर्णय गरिसकेको छ । उसले संबिधान संसोधन, मधेस थरुहट आन्दोलनबारे छानविन आयोगको प्रतिवेदन सार्वजनिक, सांसद रेशम चौधरीको रिहाइ लगायतका माग अघि सारेको छ ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: