राजकुमारी माहीदोललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनबाट पछि हट्यो पार्टी



एजेन्सी : थाइल्याण्डकी राजकुमारी उबोलरत्ना माहीदोललाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको थाई रक्षा पार्टी आफ्नो निर्णयबाट पछि हटेको छ । थाइल्याण्डका राजा वाजिरालोङकोर्नले आगामी मार्चमा हुने प्रधानमन्त्री चुनावमा आफ्नी दिदीको अप्रत्याशित दावेदारीलाई अनुचित बताउँदै आलोचना गरेपछि थाई रक्षा पार्टी आफ्नो निर्णयबाट पछि हटेको हो ।

थाई राजाले एक व्यक्तव्य जारी गर्दै आफ्नी दिदीले उम्मेदवारी दिए त्यो देशको संस्कृतिविरुद्ध हुने बताएका थिए । थाई रक्षा पार्टीले राजपरिवारको निर्देशनलाई मान्ने बताउँदै राजकुमारीलाई चुनावमा उठाउने निर्णयबाट पछि हटेको जानकारी दिएको छ । थाइल्याण्डको शाही परिवार राजनीतिबाट अलग रहने परम्परा रहँदै आएको छ ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: