यो सुन्दा कसलाई चाहिँ तुरून्तै विहे गर्न मन नलाग्ला ??



वैज्ञानिकहरूले गरेको एक अनुसन्धानबाट यस्तो निश्कर्ष आएको छ कि जुन कुरा सुनेपछि तपाईलाई तुरून्तै बिहे गर्न मन लाग्ने छ ।
जापानी वैज्ञानिकहरूको एक समूहले गरेको उक्त अध्ययनमा वैवाहिक जीवनमा बाधिँएका मानिसको शारीरिक बनावट सही एवम् राम्रो हुने गर्छ । अध्ययन अनुसार विवाहित पुरुषमा मधुमेह, उच्च रक्तचाप, मोटोपन लगायतका समस्याहरू कम हुने गर्छ ।

अध्ययन अनुसार विवाहित पुरुषमा माटोपनको खतरा ५० प्रतिशत र मेटाबोलिक सिंड्रोममा ५८ प्रतिशत सम्म कमी आउने गर्छ । सोधकर्ताका अनुसार विवाहीत मानिस अधिक स्वस्थ खाना र आफ्नो ख्याल राख्ने गर्छन् । उक्त अध्ययनमा २७० मानिसलाई सहभागी गराइएको थियो । जसमा १८० विवाहीत र ९० अविवाहीत सामिल थिए । जसको उमेर ६५ वर्ष थियो ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: