युभेन्टसको जितमा रोनाल्डो नायक, युभेन्ट्सको अग्रता ११ अंकमा



काठमाडौं : लिग लिडर युभेन्टसले इटालियन सिरि ए फुटबलमा सास्सुलोमाथि सहज जित हात पारेको छ । आइतबार राति भएको सो खेलमा युभेन्टसले सास्सुलोविरुद्ध ३–० को सहज जित निकालेको हो ।

युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डो, सामी खेडिरा र इमरे केनले समान १–१ गोल गरे । पाहुना टोली युभेन्टसले खेलको २३ औं मिनेटमा सेमी खेडिराको गोलमार्फत् अग्रता बनाएको थियो । पहिलो हाफमा युभेन्टसले एक गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा भने युभेन्टसले थप दुई गोल गर्न सफल भयो ।

उसका लागि स्टार खेलाडी रोनाल्डोले खेलको ७० औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर गरेका थिए भने इम्रे क्यानले खेलको ८६ औं मिनेटमा गोल गरे । इम्रेले रोनाल्डोको असिष्टमा गोल गर्दै युभेन्टसलाई अंक दिलाए ।

यस जितसँगै युभेन्टसले लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । २३ औं खेलसम्म अपराजित रहेको युभेन्टसले २० खेलमा जित र ३ खेलमा बराबरी खेल्दै ६३ अंक बनाएको छ । ऊ दोस्रो स्थानको नापोलीभन्दा ११ अंकले अगाडि छ । नापोलीसँग ५२ अंक छ । पराजित टोली सास्सुलो भने ३० अंकका साथ ११ औं स्थानमा यथावत छन् ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: