महालेखाको प्रतिवेदन : आर्थिक अराजकता बढ्यो, स्रोत नखुलाई झण्डै ४ खर्ब खर्च



काठमाडौं : अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्ष सरकारी कार्यालको बेरुजु २९.९३ प्रतिशतले बढी देखिएको छ । महालेखापरीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५६ औं वार्षिक प्रतिवेदनअनुसार संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह, जिल्ला समन्वय समिति, अन्य समिति र संस्थातर्फ लेखापरीक्षणबाट औल्याईएको अद्यावधिक बेरुजु ३ खर्ब ७७ अर्ब ४८ करोड रुपैयाँ रहेको छ ।

यो वर्ष संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह, जिल्ला समन्वय समिति, अन्य समिति तथा संस्थातर्फ लेखापरीक्षणबाट औल्याईएको बेरुजू १ खर्ब ४१ अर्ब ५ करो रुपैयाँ रहेको छ ।

यो वर्ष ७ प्रदेशको २ खर्ब ६२ करोडको लेखापरीक्षणबाट १९ करोड ५१ लाख रुपैयाँ अर्थात् ७ दशमलव २५ प्रतिशत बेरुजु कायम भएको र ७ सय ४७ स्थानीय तहको ५ खर्ब ७१ अर्ब ५१ करोड रुपैयाँ बराबरको लेखापरीक्षणबाट २४ अर्ब १४ करोड अर्थात् ४ दशमलव २२ प्रतिशत बेरुजु देखिएको छ ।

त्यस्तै सार्वजनिक संस्था, जिल्ला समन्वय समिति र अन्य समितिको २५ खर्ब ७७ अर्ब ९५ करोडको लेखापरीक्षण सम्पन्न भएको छ। त्यसबाहेक ३० संगठित संस्थाको ४१ आर्थिक वर्षको लेखापरीक्षणका लागि परामर्श उपलब्ध गराएबमोजिम ७ खर्ब ३९ अर्ब ८० करोडको लेखापरीक्षण समेत यस वर्ष ५९ खर्ब ७२ करोड रुपैयाँ बराबरको लेखापरीक्षण सम्पन्न भएको छ ।

गत वर्षको बाँकी बेरुजु २ खर्ब ९० अर्ब ५२ करोडमा समायोजन र फर्स्यौट गरिएकोमा अंक घटाई यो वर्ष थप भएको १ खर्ब ४१ अर्ब ५ करोडसमेत गरी ३ खर्ब ७७ अर्ब ४८ करोड बराबर बेरुजु फर्स्यौट हुन बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: