‘भ्यालेन्टाइन्स डे’को पूर्वसन्ध्यामा ‘मायामा’ पल र आँचल



काठमाडौं : गीतकार सुरेश वाग्लेले ‘भ्यालेन्टाइन्स डे’को पूर्वसन्ध्यामा म्युजिक भिडियो सार्वजनिक गरेका छन् । संगीतकार मेघराज लगुनद्वारा संगीतबद्ध गीत सुरेश वाग्ले तथा मेघराज लगुनको लेखनमा गायक राहुल विश्वास तथा गायिका स्नेहश्री थापाको यूगल स्वरमा रहेको ‘मायामा तिम्रो’ बोलको गीत सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।

संगीतकार सुमित विश्वकर्माले संगीत संयोजन गरेको गीत भारतको कोलकाता तथा काठमाडौंमा रेकर्ड गरिएको हो। उक्त गीतको मिक्सिङ तथा मास्टरिङ भने चेन्नईमा गरिएको गीतकार वाग्लेले बताए । विकास सुवेदीद्वारा निर्देशन गरिएको म्युजिक भिडियोमा पल शाह र आँचल शर्मा फिचर भएका छन् ।

अनिल के मानन्धरद्वारा छायाँकन गरिएको म्युजिक भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । सुप्रिमले नै भिडियोमा कलर ग्रेडिङको कामसमेत गरेका छन् ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: