भेनेजुएलाका राष्ट्रपति मडुरो सैन्य शक्ति बढाउने तयारीमा



भेनेजुएला : भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले थप दश लाख सर्वसाधारणलाई जनसेनामा भर्ती गराउने घोषणा गरेका छन् । यो बर्षको अन्त्यसम्म थप १० लाखलाई जनसेनामा भर्ती गराउन चाहेको मडुरोले बताएका हुन् । जनसेनालाई शान्ति, सिमा, तथा मुलुकको समग्र सुरक्षाका लागी प्रयोग गरिने मडुरोले बताए ।

उनले जनसेनाका हाल रहेका २० लाख सदस्यलाई कृषि क्षेत्रमा लगाएर आर्थिक संकट समाधान गर्ने घोषणा पनि उनले गरेका छन् । विपक्षी नेता हुँवा गुवाईडोले भने सरकारी सेनालाई राष्ट्रपति मडुरोमाथिको समर्थन फिर्ता लिन आग्रह गरेरहेको समयमा मडुरोको यस्तो घोषणा आएको हो ।

गत जनवरीमा आफुलाई राष्ट्रपति घोषणा गरेका गुवाईडोले पछिल्लो निर्वाचनमा मडुरोले धाँधली गरेको आरोप लगाउदै आएका छन् । सैन्य शक्ति बढाउँदै आफ्नो सत्ता माथिको नियन्त्रण बलियो बनाउने रणनिति अनुसार राष्ट्रपति मडुरोले यस्तो घोषणा गरेको अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: