भरतपुर महानगरपालिका वडा न‌ं ५ को कार्यालयमा बम विस्फोट, आशंकामा ६ पक्राउ



चितवन : चितवनको भरतपुर महानगरपालिका वडा न‌ं ५ को कार्यालयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोटबाट वडा कार्यालयको झ्यालका सिसा फुटेका छन् । विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो महानगरको दमकल, सुरक्षाकर्मीको टोली पठाएर आगो नियन्त्रणमा लिएको थियो ।

गएराति साढे बाह्र बजेतिर बम विस्फोट गराइएको हो । बिस्फोट गराएको आशंकामा प्रहरीले छ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामाथि अनुसन्धान सुरु गरिएकोले चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसि‌ंह राठाैरले बताए । बिस्फोट निकट नेकपा माओवादीले गराएको अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: