भण्डारी र राई दुवैले दिए राष्ट्रपतिमा उम्मेदवारी



काठमाडौं : राष्ट्रपति विद्या भण्डारीले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा उनले दोस्रो पटक राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी हुन् । बुधबार दिउँसो संसद सचिवालयमा रहेको निर्वाचन अधिकृतको  कार्यालयमा गई उम्मेदवारी दर्ता गराएकी हुन् ।

त्यस्तै पूर्व सांसद् तथा नेपाली कांग्रेसकी नेतृ कुमारी लक्ष्मी राईले पनि आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । संघीय संसद भवन परिसर नयाँ बानेश्वर पुगेर नेतृ राईले उम्मेद्वारी दर्ता गराएकी हुन् । राईको उम्मेदवारीको प्रस्तावकमा  चित्रलेखा यादव मान बहादुर विश्वकर्मा पार्वता डिसी चौधरी देवेन्द्रराज कँडेल , सुरेन्द्रराज पाण्डे रहेका छन् । यस्तै समर्थकमा सरिता प्रसाईँ,  शिवचन्द्र चौधरी, सुजता परियार,  र राधा घले रहेका छन् । फागुन २९ गते निर्वचन हुनेछ ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: