भक्तपुरमा सिन्दुर जात्राको उल्लास (फोटोफिचर)



भक्तपुर : प्रत्येक वर्ष नयाँ वर्षको शुरुवातमा मध्यपुरथिमिमा सिन्दुर जात्रा मनाइने गरिन्छ । बिस्केट जात्राको अवसर पारेर मनाइने ३२ खटको सिन्दुर जात्रा यो वर्ष पनि भव्यताका साथ मनाइएको हो । मध्यपुरथिमिमा मात्र मनाइने विभिन्न जात्रा मध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा माध्ये एक हो । केही वर्षअघिसम्म ३२ खट नगरपरिक्रमा गराउने भने पनि यसवर्ष २६ वटामात्र रहेको स्थानीयले जनाएको छ । मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराक बाली अबिर जात्रा गरी मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर छर्ने, फूल बसाएर स्वागत गर्ने प्रचलन छ ।

 

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: