बुटवलमा मुटु अस्पतालले सुरु गर्यो् निःशुल्क एसी बससेवा



बुटवल : रोट्यार्‍क्ट क्लब अफ सेन्ट्रल बुटवलले गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका लागि प्रदान गरेको निःशुल्क एसी बसले सेवा सुरु गरेको छ ।बस सेवा शुभारम्भ गर्दै प्रदेश सरकारका भौतिक योजना तथा निर्माण मन्त्री बैजनाथ चौधरीले समुदायस्तरबाट सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले नागरिकलाई प्रदान गरेको सेवा अनुकरणीय रहेको बताए ।

अस्पतालमा सेवा लिन आउने विरामी र विरामीका आफन्तलाई निःशुल्क रुपमा सेवा दिने उद्देश्यले बस सेवा सञ्चालन गरिएको हो ।पहिलो चरणमा बुटवलको गोलपार्कदेखि तिलोत्तमा मणिग्रामसम्मका सर्वसाधारणलाई अस्पतालसम्म ल्याउने र अस्पतालदेखि पुनः गोलपार्क हुँदै मणिग्रामसम्म पुर्‍याइने अस्पतालले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: