बालुवाटारको जग्गा किनबेच भएको छैन : मन्त्री बाँस्कोटा



काठमाडौं : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीको निवास रहेको बालुवाटारस्थित जग्गा किनबेच नभएको स्पष्टिकरण दिएका छन् । मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा सञ्चारमन्त्री बाँस्कोटाले ललिता निवासको जग्गा किनबेचबारे छानविन गर्न बनेको शारदाप्रसाद त्रितालको समितिको सिफारिसअनुसार जग्गा किनबेचमा रोक लगाइसकेको बताए ।

उनले भने, ‘प्रम निवासको जग्गा किनबेच भएको छैन । छेउको जग्गा हो ।’ उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल ठगिएको बताए । बाँस्कोटाले भने, ‘नेकपाको महासचिवले यस विषयमा वक्तव्य जारी गरिसक्नु भएको छ । उहाँ फर्जी धन्दामा संलग्न भएको होइन । कसैको नाममा भएको जग्गा किनेको हुँ भन्नु भएको छ ।’

उनले अघि भने, ‘उहाँले जग्गा किन्नुभयो, परेछ नक्कली । उहाँ ठगीमा पार्नुभयो, अपराधी होइन ।’ सरकारी सम्पत्तिको रक्षा गर्नु सरकारको दायित्व भएको भन्दै उनले उनले यसबारे थप छानविन गर्ने र दोषीलाई कारबाही गर्ने बताए ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: