बसको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु



नवलपरासी : नवलपरासीमा आज बिहान बसको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत गैडाकोट नगरपालिका १६ मा धनगढीवाट काठमाडौं आउदै गरेको ना ५ ख ५१८२ नम्बरको बसको ठक्करवाट स्थानीय ६५ बर्षिय मोति गिरिको मृत्यु भएको हो ।

ठक्करबाट घाइते गिरिको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: