प्याब्सनको नयाँ नेतृत्वका लागि सहमति



काठमाडौं : नीजी तथा आवासीय विद्यालय सङ्गठन ‘प्याब्सन’को १४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति भएको छ । नेतृत्वका लागि टीकाराम पुरी र डिके ढुङ्गानाको समूहले मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरुको पहलमा सहमति भएको हो ।

पूर्वअध्यक्ष उमेश श्रेष्ठको प्रस्तावमा पुरीलाई अध्यक्ष र ढुंगानालाई सहअध्यक्ष हुने गरी समझदारी भएको र सो विषयलाई आज अनुमोदन गर्ने तयारी छ । विधानमा नभएको सहअध्यक्ष र केही पद थपघट गरेर मिलाउने तयारी गरिएको छ ।

सहमति पारित भएमा वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ र महासचिवमा कुमार घिमिरे निर्वाचित हुनेछन । कूल दुई हजार ४ सय ३८ प्रतिनिधि सहभागी सम्मेलनको निर्वाचन कार्यक्रम आजका लागि तय गरिएको थियो ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: