पूर्वराजा ज्ञानेन्द्रद्वारा नयाँ वर्षको शुभकामना व्यक्त



काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७६ को शुभकामना व्यक्त गरेका छन् । शनिबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रिय एकताका लागि सबै निष्ठावान हुन र एक्यबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् ।

लाखौं नेपाली जिविकोपार्जनका लागि विदेशी भूमिमा भौतारिनु परेकोमा उनले चिन्ता व्यक्त गरेका छन् । सन्देशमा लेखिएको छ, ‘लाखौं नेपाली काम, माम र दामका निम्ति विदेशी भूमिमा भौतारिनु पर्ने, देशमै शिक्षा, स्वास्थ्य एवं मानवोचित सुख र शान्ति प्राप्त हुन नसक्ने – यस्तो नाजुक अवस्था अझै कति रही रहने ? स्वतन्त्र, सार्वभौम, स्वाधीन एवं मौलिक गौरवको विशेषता राख्ने हाम्रो यो देशलाई सदा स्वाभिमानी र गौरवशाली राख्न हामीले हाम्रा आफ्ना शास्वत आदर्शको ख्याल राख्नै पर्दछ ।’

त्यस्तै देश सुहाउँदो प्रजातान्त्रिक मूल्य मान्यतामा आधारित राजनिती अनुरुप न्यायपालिका र व्यवस्थापिका सञ्चालन हुनु पर्ने उनको भनाइ छ । सन्देशमा लेखिएको छ, ‘मुलुक प्रतिको हाम्रो आस्था र निष्ठा अडिग छ । देश सुहाउँदो प्रजातान्त्रिक मूल्य मान्यतामा आधारित राजनिती, शक्ति पृथकीकरणको सिद्धान्त अनुरुप कार्यपालिका न्यायपालिका र व्यवस्थापिका सञ्चालन हुनु पर्दछ भन्ने सधैं हाम्रो विश्वास रही आएको छ ।’

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: