पुरुष भलिबलमा आर्मी र एपीएफको जित



नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलको उद्घाटन खेलमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले प्रदेशले विजयी सुरुवात गरेका छन् । बुधबार खजुराको भलिबल एकेडेमीमा भएको पहिलो खेलमा आर्मी क्लबले प्रदेश २ लाई सोझो सेटमा पराजित गरेको हो ।

पहिलो सेटमा २५–१५ ले जित निकालेको आर्मीले दोस्रो सेटमा २५–९ र तेस्रो सेटमा २५–९ ले जित हात पारेको हो । बुधबार नै भएको अर्काे खेलमा एपीएफ क्लबले प्रदेश १ लाई पनि सोझो सेटमा हराउन सफल भएको छ ।

पहिलो सेटमा २५–१५ को जित निकालेको एपीएफले दोस्रो सेटमा २७–२५ र तेस्रो सेटमा २५–१५ को जित निकाल्न सफल भएको हो ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: