पुरुष क्रिकेटमा प्रदेश ३ को विजयी सुरुवात



कोहलपुर : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत आजबाट सुरु भएको पुरुष क्रिकेटमा प्रदेश ३ ले विजयी यात्रा सुरुवात गरेको छ । कोहलपुर क्रिकेट रंगशाला सम्पन्न ग्रुप ‘बी’ को पहिलो खेलमा प्रदेश ३ प्रदेश ६ लाई ९ रनले पराजित गरेको हो ।

बुधबार सम्पन्न खेलमा पहिला ब्याटिङ गरेको प्रदेश ३ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय २५ रन बनाएको थियो । प्रदेश ३ को लागि सुभ कंसाकारले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै आदिल खानले ३० रन जोड्दा सोनु देबकोटाले १३ रनको योगदान गरे ।

बलिङतर्फ प्रदेश ६ को लागि प्रकाश जैसीले सर्वाधिक ५ विकेट लिए । त्यस्तै दिनेश अधिकारीले १ विकेट लिए । १ सय २५ रनको बिजय लक्ष्य पछ्एकोे प्रदेश ६ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै  मात्र १ सय १६ बनाउद सक्यो ।

प्रदेश ६ का लागि रबिन्द्र जंग साही सर्वाधिक ३५ रनको योगदान गरे । त्यस्तै प्रकाश जैसिले २३ रन जोड्दा  टेक सलामीले २२ रनको योगदान गरे । प्रदेश ३ को जितमा नन्दन यादबले २ तथा रबिन्द्र जङ साहि र सोनु तामाङ्ले समान १–१ विकेट लिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका म्यान अफ दि म्याच प्रदेश ६ का प्रकाश जैसी घोषित भए ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: