पल शाह र आँचल शर्माद्वारा अभिनित म्यूजिक भिडियो ‘दिलराजा–दिलरानी सार्वजनिक



काठमाडौं : नायक पल शाह र नायिका आँचल शर्माद्वारा अभिनित ‘दिलराजा दिलरानी’ बोलको नयाँ म्युजिक भिडियो मंगलबार सार्वजनिक भएको छ ।

यस्तैमा उनीहरुले गायक इन्दु बाँनिया तथा गायक बीबी अनुरागीको गीतको भिडियोमा पनि अभिनय गरेका हुन् । सुमन शरापितको शब्द रचना र गायक बीबी अनुरागीकै संगीत तथा एरेन्जमा बनेको उक्त गीतकोको भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।

नायक पल शाह अहिले उनको नयाँ फिल्म ‘वीर विक्रम’को छायांकनमा व्यस्त छन् भने नायिका आँचल आगामी फिल्म ‘दाल भात तरकारी’को छायांकनमा व्यस्त छिन् । तर, व्यस्त समयमा पनि उनीहरुले म्युजिक भिडियोमा समय दिइरहेका छन् ।

नवराज उप्रेतीको कोरियोग्राफी रहेको उक्त भिडियो नवीन निरौलाले सम्पादन गरेका छन् ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: