पल र आँचलद्वारा अभिनित ‘घरबारमा’ सार्वजनिक [भिडियाे]



काठमाडौं : नायक पल शाह र नायिका आँचल शर्माद्वारा अभिनित ‘घरबारमा’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नवगायक कृष्ण कार्की र बिन्दु परियारको स्वरमा सन्तोष सुनारको शब्द संगित सुन्न सकिन्छ ।

 राजिव समरको कोरियोग्राफी रहेको गीतको भिडियोलाई रामकुमार केसीले छायांकन गरेका हुन् । यसलाई टेकेन्द्र शाहले निर्देशनसँगै सम्पादन पनि गरेका छन् । युवापुस्तालाई लक्षित गरी सार्वजनिक गरिएको गीतले दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया पाउनेमा आशावादी रहेको गायक कार्कीले बताएका छन्। उनले गायनमा भविष्य खोज्दै पहिलो सांगीतिक कोसेली दर्शक स्रोतामाझ ल्याएका हुन् ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: