न्युजिल्याण्डमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा २७ जनाको मृत्यु



न्युजिल्याण्ड : न्युजिल्याण्डको क्राइस्ट चर्च शहरका दुई मस्जिदमा बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरेका छन् । गोली प्रहारबाट कम्तिमा २७ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् । शुक्रबारको प्राथनामा सहभागी थुप्रैलाई गोली लागेको बताइएको छ ।

आक्रमण भएको मस्जिद नजिकै बंगलादेशका क्रिकेट खेलाडीहरु पनि थिए । उनीहरु भने सुरक्षित रहेको बताइएको छ । आक्रमणपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आक्रमणमा कति मानिस संलग्न थिए भन्ने अझै खुलिसकेको छैन । प्रधानमन्त्री जेसिन्डा अर्डनले घटनामा दुःख व्यक्त गर्दै न्यूजिल्याण्डका लागि कालो दिन भएको प्रतिक्रिया दिएकी छन् ।

आक्रमणपछि शहरका सबै विद्यालय तथा कार्यालयहरु बन्द गरिएको छ । सर्वसाधारणलाई घरबाट बहिर ननिस्कन प्रहरीले अपिल गरेको छ ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: