नेपाल राष्ट्र बैंकले २ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै



काठमाण्डौं :  नेपाल राष्ट्र बैंकले मंगलबार  २ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले सोमबार एक सूचनामार्फत उक्त परिमाणको बिल खरीदका लागि सोमबार नै बोलकबोल प्रक्रियामा सहभागी हुन आग्रह गरेका हुन् ।

राष्ट्र बैंकले ९१ दिनका लागि मात्रै २ अर्ब ५३ करोडको ट्रेजरी जारी गर्न लागिएको जनाएको छ । यसका लागि राष्ट्र बैंकले आज सोमबार नै बोलकवोलमा सहभागी हुन आग्रह गरेको छ । आज सोमबार ३ बजे बोलकवोल भएर मंगलबार जारी हुने ट्रेजरी ०७६ वैशाख ३१ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहुमूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।

यसअघि राष्ट्र बैंकले माघ २१ गते ५ अर्ब १६ करोड रुपैयाँको ट्रजरी बिल जारी गरेको थियो ।

 

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: