नेकपाको कार्यदल भंग, एकताको बाँकी काम सचिवालयलाई



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सांगठनिक एकीकरणको निम्ति सुझाव प्रस्तुत गर्न गठित कार्यदल भंग भएको छ । कार्यदलको म्यादबारे निर्णय लिन आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले कार्यदल भंग गरी बाँकी जिम्मेवारी सचिवालयलाई नै जिम्मा दिने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

‘एकीकरणका जति पनि काम बाँकी छन्, ती सबैमा सचिवालयले गृहकार्य गरेर प्रस्ताव तयार गर्छ । त्यो प्रस्ताव स्थायी कमिटीमा पेश गर्नेछ,’ प्रवक्ता श्रेष्ठले भने, ‘साथै यसअघि बनेको कार्यदललाई धन्यवादसहित विदा गर्ने निर्णय भयो ।’

पौष १३ बनेको कार्यदललाई एकीकरणका बाँकी काम टुङ्ग्याउने गरी प्रस्ताव तयार गर्ने म्यान्डेट थियो । यसअघि बिहिबार कार्यदलका सदस्यहरु सहित बसेको बैठकमा कार्यदलले एक हप्ताको समय माग गरेको थियो । तर, प्रधानमन्त्री केपी ओली भने यसमा सकारात्मक थिएनन् ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: