त्रिभुवन आर्मी बन्यो झापा गोलडकपको च्याम्पियन



झापा : घरेलु टोली झापा ११ लाई हराउँदै झापा गोल्डकप फुटबलको उपाधी त्रिभुवन आर्मी क्लबले जितेको छ । झापाको डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाइनलमा झापा ११ लाई ५–३ गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी लगातार दोस्रो पटक उपाधी हात पार्न सफल भएको हो । झापा यस पटक पनि उपविजेतामै सिमित रह्यो ।

उपाधीसँगै आर्मीले १२ लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ । २२ औं मिनेटमा झापाका खेलाडीले आर्मीका कप्तान भरत खवासलाई फल गरेपछि डी बक्सबाहिरबाट पाएको फ्री किकलाई सन्तोष तामाङले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।

यसैगरी ३३ औं मिनेटमा भरत खवासले गोल गर्दै अग्रता दोब्बर बनाए । नवयुग श्रेष्ठले प्रहार गरेको बल किलियर गर्न नसक्दा खवासले जाली चुमाएका थिए । तर ४३ औं मिनेटमा झापा ११ ले एक गोल फर्काएको थियो । फ्रान्सिसले गोल गर्दै पहिलो हाफमा अग्रता दुई एकमा झारेका थिए । ५४ औं मिनेटमा झापका लागि हेमन गुरुङले गोल गर्दै २–२ को बराबरीमा ल्याएका थिए ।

७५ औं मिनेटमा नबयुग श्रेष्ठले गोल गदै आर्मीलाई ३–२ को अवस्थामा लगेका थिए । ८५ औं मिनेटमा आर्मीका सन्तोष तामाङले व्यक्तिगत दोस्रो गोल गर्दा आर्मीले ४–२ को अग्रता बनाउन पुगेको थियो ।

त्यसपछि पनि आर्मीले गोल थपेको थियो । टेकबहादुर बुढाथोकीले इन्ज्योरी टाइममा गोल थप्दै आर्मीलाई ५–२ काे अवस्थमा लगेका थिए । अन्तिम समयमा झापा ११ ले थप एक गाेल गर्दै अन्तर ५- ३ मा झारेकाे थियाे ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: