तोकिएको समयमा महाधिवेशन गर्न नसकेपछि नैनसिंह महरले (नेविसंघ)का पदबाट राजीनामा दिँदै



काठमाडौं : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का सभापति नैनसिंह महरले पदबाट राजीनामा दिने तयारी गरेका छन् । पार्टी कार्यलय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा उनले राजीनामा दिने तयारी गरेको नेविसंघले जनाएको छ।

१२ औं महाधिवेशनको म्याद गुज्रेपछि महरले राजीनामा दिन लागेका हुन् । मंसिर २ गते महाधिवेशन गर्ने कार्ययोजना पेश गरेपछि सहजीकरण संयन्त्रले १२ औं महाधिवेशन गर्न दुई महिना समयावधि थप गरेको थियो । तर महाधिवेशनको समय तोकिए पनि उक्त समय महाधिवेशन हुन सकेन । त्यसपछि पुसको २८, २९ र ३० गतेका लागि  तोकिएको समयमा महाधिवेशन गर्न नसकेपछि पार्टीभित्रै महरको राजीनामा मागिएको थियो ।

थपिएको म्याद पनि गुज्रिएपछि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधिले महरले पदबाट राजीनामा दिएर महाधिवेशनको बाटो खुल्ला गर्न आग्रह गरेका थिए । सोही बमोजिम महरले अध्यक्षबाट राजीनामा दिन लागिएको बताइएको छ । अहिले कांग्रेस केन्द्रीय समिति बैठक जारी छ ।

 

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: