तीन दिनसम्म हावाहुरी चल्ने र चट्याङ पर्ने सम्भावना, सर्तक रहन आग्रह



काठमाडौं : सरकारले तीन दिनसम्म हावाहुरी चल्ने र चट्याङ्ग पर्ने संभावना भएको भन्दै सर्तक रहन आग्रह गरेको छ । राष्ट्रिय विपद केन्द्रले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा सूचना जारी गर्दै तीन दिनसम्म हावाहुरी र चट्याङ्ग आउने संभावना रहेको भन्दै यसबाट बच्न सबैमा अपिल गरेको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि तीन दिन मौसम सामान्यदेखि पूर्ण बदली रहने छ । पश्चिमका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका केही स्थानहरुमा चट्याङ्ग तथा हुरी बताससहित हल्का देखि मध्यम वर्षा–असिना पानीको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै तराईका स्थानहरुमा हुरीबतासको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भूभागहरुमा हिमपातको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: