डीपीएल : काठमाडौंको विजयी सुरुवात, धनगढी ४ विकेटले पराजित



धनगढी : धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणमा काठमाडौं गोल्डेन्सले विजयी सुरुवात गरेको छ ।  धनगढीको फाप्ला क्रिकेट मैदानमा सोमबार भएको खेलमा काठमाडौं गोल्डेन्सले घरेलु टिम धनगढी स्टार्सलाई चार विकेटले पराजित गरेको हो ।

१३३ रनको मध्यम चुनौती पछ्याएको काठमाडौंले निर्धारित २० ओभर सकिन एक बल बाँकी छदा लक्ष्य भेटेको हो । काठमाडौंका लागि गौरव तोमार २८, अनिल साह २४, अंकिद दबास २९, कप्तान ज्ञानेन्द्र मल्ल ३, सोनु तामाङ र योगेन्द्रसिंह कार्कीले समान २ रन बनाए । महबुब आलम १२ र विक्रम भुसाल १४ रनमा अविजित रहे ।

धनगढीका रोहन मुस्तफाले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए।

टस हारेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १३२ रन बनाएको थियो । धनगढीका लागि अमित श्रेष्ठले अर्धशतक बनाएका थिए । उनले ५० बलमा चार चौका र दुई छक्का प्रहार गर्दै ५० रन बनाए । त्यस्तै, सन्दीप रजालीले २८ र सौरभ खनालले १० बलमा २५ रन बनाएका थिए ।

सर्वाधिक पुरस्कार राशीको डीपपीएल विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउने छन् । यस्तै मष्ट भेल्युवल प्लेयरलाई गोल्डस्टार ‘सुनको जुत्ता’ प्राप्त गर्नेछ ।

 

 

 

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: