चार वर्षपछि सुर्खेत–दैलेख सीमावर्ती क्षेत्रमा भारी हिमपात (फोटो फिचर)



काठमाडौं : मौसममा आएको परिवर्तनसँगै देशको पहाडी र उच्च भागमा हिमपात भइरहेको छ ।  कर्णाली प्रदेशको जिल्लाहरु लगायत दैलेख र सुर्खेतमा भारी हिमपात भएको छ । भारी हिमपात भएपछि आन्तरिक पर्यटकहरु हिउ खेल्न घुईचो लागेको छ ।

जुम्ला – कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्लालगायत कालीकोट, मुगु, डोल्पा र हुम्लामा लगातारको हिमपातले हवाई तथा स्थलमार्ग यातायात सेवा प्रभावित भएको छ । मौसममा आएको परिर्वतनले गत आइबारदेखि नियमित हिमपातले हवाई तथा स्थलमार्ग यातायात सेवा प्रभावित भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख कैलाश शर्माका अनुसार मौसम अनुकूलता नभएका कारण नियमित हवाई सेवा प्रभावित भएको छ ।
कर्णाली यातायात प्रालि जुम्लाका मीनबहादुर थापाले नियमित हिमपातका कारण कर्णाली राजमार्ग प्रभावित भएको बताए ।

एकसातादेखि कर्णाली राजमार्गमा नियमित रूपमा सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् । जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक माधव रावतका अनुसार हिमपातले कर्णाली राजमार्ग प्रभावित छ । “नियमित हिमपात भइरहेको छ, सम्भावित दुर्घटनाबाट जोगिनका लागि सवारीसधान जाँचमा कडाइ गरिएको छ । उनले भने । एक सातादेखि दुवै मार्ग प्रभावित भएपछि जिल्ला बाहिर जाने मानिसहरु समस्यामा रहेका स्थानीयवासी सिंहमान विकले बताए । उपचार हुन नसकेका बिरामी पनि प्रभावित भएको उनको भनाइ छ ।

सुर्खेत – दैलेख–सुर्खेतको सीमावर्ती गुराँसे रातानाङ्ला क्षेत्रमा चार वर्षपछि बाक्लो हिउँ परेको छ ।

वीरेन्द्रनगरस्थित मध्य तथा सूदुरपश्चिम क्षेत्रीय हावापानी कार्यालयले गुराँसे रातानाङ्ला क्षेत्रमा चार इञ्च बाक्लो हिउँ परेको जनाएको छ । कर्णालीका हिमाली भेगमा यसअघि नै हिमपात भए पनि दैलेखको गुराँसे र सुर्खेतको रातानाङ्ला क्षेत्रमा बिहीबारदेखि हिउँ पर्न शुरु गरेको थियो ।

क्षेत्रीय हावापानी कार्यालयका प्रमुख निराजन सापकोटाले पछिल्ला चार वर्षयता यसपटक बाक्लो हिउँ परेको बताए । जल तथा मौसम विज्ञान विभागले सोही क्षेत्रमा पश्चिम नेपालको मौसम विवरण सङ्कलन गर्ने अत्याधुनिक प्रविधिको राडार सञ्चालनमा ल्याएको छ । हावापानी कार्यालयले राडारकै सहायताले हिमपात र वर्षाको विवरण सङ्कलन गर्न थालेको छ ।

गुराँसे मात्रै नभई तल्लो तटीय क्षेत्र रानीमत्ता, निगालपानी, धरमपोखरा, सेरी गाइबान्ना आसपासमा पनि बाक्लो हिमपात भएको छ । वीरेन्द्रनगरदेखि रानीमत्ता, रातानाङ्ला र गुराँसेमा हिउँ हेर्न जानेको लर्को लाग्ने गरेको छ । हिउँ हेर्नेको भीडले सुर्खेत–दैलेख सडकखण्डको रातानाङ्लामा ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्नै मुस्किल हुने गरेको छ ।

दैलेखको गुराँस गाउँपालिकाको गुराँसे क्षेत्रमा यस वर्ष बाक्लो हिमपात भएको छ । स्थानीय कृषकले लगाएको बन्दा, आलुलगायतका तरकारीखेती हिउँले ढाकिएको छ । तस्वीर – हिक्मतबहादुर नेपाली, दैलेख (दुल्लु), कर्णाली प्रदेश, रासस

दैलेखको गुराँसे र सुर्खेतको रातानाङला आसपासमा परेको हिउँमा रमाउँदै आन्तरिक पर्यटक । तस्वीर – हिक्मतबहादुर नेपाली, दैलेख (दुल्लु), कर्णाली प्रदेश, रासस

हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका– १ मुक्तिनाथमा हिमपातपछि दुखिएको विश्व प्रसिद्ध मुक्तिनाथ मन्दिरको रमणीय दृश्य । तस्वीर – निरज थकाली, ठिनी (मुस्ताङ) रासस

सुर्खेतको रातानाङ्लामा सडकमै सवारीसाधन रोकेर हिउँमा रमाउँदै यात्रु । चार वर्षपछि यस क्षेत्रमा बाक्लो हिमपात भएको हो । हिउँ नदेखेको पछिल्ला पुस्ता गाडी रोकेरै भएपनि फोटो, सेल्फी र भिडियो लिनमै व्यस्त छ । तस्वीर – प्रकाश अधिकारी, सुर्खेत, रासस

बागलुङको काठेखोला गाउँपालिका–५ घोडाबाँधेस्थित नेपाली सेनाको अर्जुनवाण गणमा कार्यरत जवान शनिबार हिउँमा रमाउँदै । तस्वीर – रामबहादुर थापा, रासस, बागलुङ

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: