गोर्खा सैनिकको पेनसन वृद्धि



काठमाडौं : बेलायत सरकारले गोर्खा सैनिक तथा उनीहरूका परिवारको पेन्सन तथा उपचार खर्चमा दिइने सहयोग रकममा वृद्धि गर्ने घोषणा गरेको छ ।बेलायत सरकारले सन् २०१६ को जनवरी १ बाट नै लागू हुने गरि ३४ प्रतिशतसम्म पेन्सन बृद्धिको घोषणा गरेको हो ।

यो घोषणाबाट ब्रिटिस गोरखा सैनिकमा सन् २००७ अघि भर्ना भएका करीब २२ हजार गोर्खा सैनिक लाभान्वित हुने काठमाडौंस्थित बेलायती दूतावासले जनाएको छ । पेन्सन वृद्धिका लागि करीब २२ अर्ब रुपियाँ बराबरको बजेट छुट्याइएको बताइएको छ ।

यसैगरी, ब्रिटिस रक्षा राज्यमन्त्री मार्क लानकास्टरले नेपालमा बसोबास गरिरहेका गोर्खाका लागि आगामी दश वर्षसम्मका लागि ३६ अर्ब रुपियाँ बराबरको मेडिकल सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।

गोर्खा कल्याणकारी कोषमार्फत् सो रकम वितरण गरिने विज्ञप्तिमा उल्लेख छ । सहयोग वृद्धिको घोषणा दुई हप्ता अघि बेलायती मन्त्री लानकास्टरले नेपालको भ्रमण गरेपछि सार्वजनिक भएको हो ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: