गोरखामा बम फेला, सेनाद्वारा निष्कृय



गोरखा : गोरखाको गोरखा बजार क्षेत्रको भिआईपी टोल र १२ किलो भन्ने स्थानमा मा शक्तिशाली प्रेशरकुकर बम फेला परेको छ । फेला परेको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक भोलाबहादुर रावलले दिएको जानकारी अनुसार बिहीबार बिहान १२ किलोमा फेला परेको बम सामान्य भएको भन्दै प्रहरीले जंगलमा फालिदिएको छ ।

तर गोरखा बजार क्षेत्रमा फेला परेको बम मानव बस्तीमा भएको हुनाले नेपाली सेनाको बम डिस्पोजल टोली घटना स्थलमा पुगेर निष्कृय पारेको हो । मुख्य सडकसँगै राखीएको उक्त बमका कारण वरपर रहेका वस्तीका सर्वसाधारण त्रसित भएका छन् ।

बम रहेको जानकारी बिहान सडक हिड्ने सर्वसाधारणले प्रहरीलाई दिए पछि उक्त स्थानमा नेपाल प्रहरी र शसत्र प्रहरीले सुरक्षा दिई रहेको थियो ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: