गायिका पाठकको जन्मदिनको कोशेली ‘यो केटीले मुस्काएर देशै खाने भई’



काठमाडौ : पछिल्लो समय संगितको दुनियाँ चर्चाको शिखरमा रहेकी गायिका शुशिला पाठकले आफ्नो जन्मदिनको अवसर पारेर ‘यो केटीले मुस्काएर देशै खाने भई’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । वरिष्ठ कलाकार, संगितकार र सञ्चारकर्मीहरको बीचमा जन्मदिनको शुभकामना सहित सार्वजनिक गरेको म्युजिक भिडियो गायिका पाठकले नै अभिनय गरेकी छन् । उत्कृष्ट अभिनय रहेको उक्त भिडियोको निर्देशन सचिन थापाले गरेका छन् ।

दिपकराज पौडेलले कम्पोज गरेको उक्त म्युजिक भिडियो सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा शुभकामना दिदै संगितकर्मी तथा सञ्चारकर्मीहरुले गीतले दर्शक स्रोताहरुको मन जित्ने विश्वास लिएका छन् । गित गायिका तथा मोडल पाठकले आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरेकी हुन् ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: