खैरो हिरोइनसहित सैनिक जवान पक्राउ



काठमाडौं : अवैध लागु औषधसहित दुई जनालाई  प्रहरीले गेष्टहाउसबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना ललितपुरमा कार्यरत् नेपाली सेनाका जवानसमेत रहेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले शनिवार कैलालीका-२४ वर्षीय ऐकेन्द्र शाही र घोडाघोडी नगरपालिका ६ घर भएका २३ वर्षीय कृष्ण भण्डारीलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेपछि शाहीले आफू ललितपुरमा कार्यरत् सैनिक जवान भएको खुलाएका थिए ।

प्रहरीले काठमाडौँको सगरमाथा गेस्टहाउसको कोठा नम्बर १०३ मा राखेको अवस्थामा उनीहरूको शरीर खानतलासी गर्दा २२ ग्राम लागु औषध खैरो हिरोइन फेला पारेको हो ।

उनीहरुलाई थप कारबाहीका लागि काठमाडौं प्रहरी परिसर पठाइएको छ ।

 

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: