के तपाईको काखी गन्हाउछ ?? यस्ता छन् समाधानका उपायहरू !!



हाम्रो शरिरका विभिन्न भागमा आउने पसिनालाई रोक्न सकिँदैन । खासगरी हाम्रो काखीमा पसिना आएपछि ब्याक्टेरिया उत्पन्न हुन्छन् र त्यसको दुर्गन्धले गर्दा नै शरिर एकदम गन्हाउने गर्छ । काखी गन्हाउँछ भन्दैमा आत्तिनु पर्दैन । यसका समाधानका उपायहरु रहेका छन् र केहि उपायहरू यस प्रकार रहेका छन् ।

१. सरसफाई र स्वास्थ्यमा ध्यान
गर्मी मौसममा कम्तिमा एकपल्ट नुहाउने गर्नुपर्छ । विशेषगरी एन्टिब्याक्टेरिया साबुनको प्रयोग गर्नुपर्छ । हावा छिर्ने (प्राय कटन र फाईबर)का लुगा लगाउनुपर्छ ।

२. कागतीको प्रयोग
काखीमा कागतीको रस दल्नु गन्हाउने समस्याबाट बच्ने सबैभन्दा उपयुक्त घरेलु तरिका हो । यसबाट कुनै साइड इफेक्ट हुँदैन । आधा टुक्रा काटेको कागती काखीमा निचोरेर दल्ने र यसलाई केही समय सुक्न दिएर लुगा लगाउनुपर्छ । यसको केहीबेर पछि चिसो पानीले नुहाउनुपर्छ । त्यसपछि पसिनायुक्त गन्धबाट मुक्त गर्नुका साथै लामो समयसम्म ताजा राख्छ ।

३. खाना खाँदा बिचार पुर्याउने
गर्मी मौसममा कफीको मात्रा, जंक फुड र अत्याधिक चिल्लो खानेकुराले पसिना ग्रन्थीलाई उत्तेजित बनाउने भएकाले शरीरमा अत्यधिक पसिना आउने र गन्हाउने गर्छ । मौसमी फलफुल र प्रयाप्त पानी पिउदा पनि पसिना गन्हाउने समस्याबाट केही हदसम्म बच्न सकिन्छ ।

४. तुलसी र निम पात
तुलसी र निमको पातको लेपन बनाएर काखी वा शरिरको पसिन आउने अन्य भागमा लगाउनु पर्छ । केही समय रहन दिएर धुने वा नुहाउने गर्नुपर्छ । सातामा तीन पटक यस्तो लेपन लगाउँदा उपयुक्त हुन्छ । तुलसी र निम दुबैमा ब्याक्टेरिया बिरोधी तत्वहरु हुन्छन् ।

५. छालाको पीएच घटाउने
एसिड भएको समयमा छालाको ब्याक्टेरिया बाँच्न सक्दैन । तसर्थ स्याउको वाइन, भिनेगर, चियाको तेल र विच हेजललाई पाखुरामुनि दलेमा पनि शरिरको दुर्गन्ध हट्छ ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: